नेपाल सुपर लिग फुटबल आजदेखि, काठमाडौं र झापा बीच उद्घाटन खेल

काठमाडौं, ८ मंसिर । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसी भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेल साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि ४ बजेबाट उद्घान समारोह हुन कार्यक्रम तय छ । समारोहमा विभिन्न कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
गत सिजनका ६ र अहिले थपिएका ३ टोली गरी कुल ९ टोलीले यसपटक एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स पहिले खेलिसकेका टोली हुन् ।
गत सिजन खेलेको विराटनगर सिटी एफसी बाहिरिँदा वीरगञ्ज युनाइटेड एफसी, झापा एफसी र स्पोर्टिङ एलाम एफसी नयाँ टोली हुन् । प्रतियोगिता पुस २१ गतेसम्म चल्ने छ ।

