राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्न आयोगको प्रस्ताव

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ। आगामी माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न बिहीबार सिफारिस गरिएको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर छलफल गरेपछि मिति प्रस्ताव गरिएको हो। प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय