शेयर बाँडफाँडको विषयमा निर्माता संघ र चलचित्र संघबीच सहमति

काठमाडौं, ७ मंसिर । नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच शेयर बाँडफाँडको विषयमा सहमति भएको छ।

चलचित्र रिलिज भएपछि निर्माताहरूले पाउने सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विद्रोहपछि भएको वार्तामा सहमति जुटेको हो।

निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार अब ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति भएको हो। उनका अनुसार अब निर्माताहरुले फिल्म रिलिज गरेबापत सधैं ५० प्रतिशत सेयर पाउनेछन्।

दुवै संघबीच ५० प्रतिशत सेयर बाँडफाँड सहमति भएको उनले बताए। यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय