भारत र अस्ट्रेलियाबीचको टी२०आई श्रृंखला आजदेखि

काठमाडौं, ७ मंसिर । भारत र अस्ट्रेलियाबीचको टी-२० क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै छ । भारतमै हुन लागेको यस श्रृंखलामा पाँच खेलहरु खेलिने छन् ।
पहिलो खेल आज विशाखापट्नममा साँझ सवा ७ बजेदेखि सुरु हुने छ । श्रृंखलाका लागि भारतले सूर्यकुमार यादव तथा अस्ट्रेलियाले म्याथिउ वेडको कप्तानीमा टोली घोषणा गरेका छन् ।
भारतमा अधिकांश युवा खेलाडी रहेका छन् भने विश्वकपको टोलीमा रहेका सूर्यकुमार र इशानबाहेकका खेलाडीलाई आराम दिइएको छ ।

