सिरहामा दुई मोटरसाइकल ठक्कर खाँदा तीन युवकको ज्यान गयो

सिरहा, ७ मंसिर । सिरहामा तीव्र गतिका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।

सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै १५ वर्षीय युवराज यादव गम्भीर घाइते छन्। उनलाई सिरहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि विराटनगर रेिफर गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय