प्रधानमन्त्री कार्यालय अब पहिलेकै भवनमा, प्रचण्डले गरे उद्घाटन

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलेकै भवनमा फर्काइएको छ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मुख्य भवन पुन:निर्माण भएपछि मन्त्रिपरिषद्को कार्यालय पहिलेकै ठाउँमा ल्याइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन:निर्माण गरिएको भवनमा बुधबार कार्यालय उद्घाटन गरेका छन्। ‘सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएको छ। ठाउँ मात्रै सारिएको हैन, कामको प्रकृति पनि नयाँ ढंगको हुने छ’, प्रधानमन्त्री दाहालले भने, ‘पुरानो संरचनालाई जस्ताको त्यस्तै राखेर बनाइएको छ।’
बाल्कोनीसहितको फराकिलो ठाउँ भएकाले कामले गति लिने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन्।
०७२ सालको भूकम्पले क्षति पुर्याएको भवन करिब ५१ करोड रुपैयाँमा पुनःनिर्माण भएको छ।

