कागेश्वरी मनोहरा र अमेरिकाको समिट टेक्नोलोजि एकेडेमी बीच सहकार्य हुने

काठमाडौ, ६ मंसिर । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अमेरिका भ्रमणका क्रममा आफुले धेरै कुरा अध्यन र अवलोकन गरेको भन्दै त्यसलाई आफ्नो नगरपालिकाको कार्ययोजना भित्र राखेर लागू गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
केही समय अगाडी युरोप भ्रमण र चीन भ्रमण गरेर हाल अमेरिका पुगेका मेयर कार्कीले त्यहाँको ठुला-ठुला उद्योग व्यवसाय सञ्चालन, पर्यटन, खेलकुद, शैक्षिक क्षेत्र,इन्फर्मेसन टेक्नोलोजी (IT), ओेषधि जन्य ब्यबसाय, कृषि/पशुपालन र सो संग सम्बन्धित व्यबसायको बिकासको दिर्घकालिन योजना अनुगमन र अध्यन गरेका छन् ।
उनले ह्यारिसनभिल नगरको अध्ययन तथा अबलोकन भ्रमणका क्रममा ती बिषयका बारेका जानकारी लिएको बताए । द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा त्यहाँ पुगेका मेयर कार्कीले संयुक्त राज्य अमेरिकाको कान्स सिटी स्थित अत्यन्त व्यबस्थित, सुन्दर र शान्त नगर ह्यारिसनभिल नगरको अध्ययन तथा अबलोकन भ्रमणका क्रममा कयान्सस सिटी मिसोरी स्थित लि समिटमा रहेको समिट टेक्नोलोजि एकेडेमीको समेत अबलोकन भ्रमण गरेका थिए।

सो क्रममा सस्थाका निर्देशक डा. जेरेमी बनेशनले संस्थाको बारे बृस्तृत प्रस्तुती गर्दै एकेडेमीको स्थापनाको उद्धेश्य, यसका बिशेषता, सञ्चालित कार्यक्रमहरू, संस्था सञ्चालनको मोड्यालिटीबारे जानकारी गराउँदै संस्थाको पुर्बाधारहरूको अबलोकन भ्रमण गराएको मेयर कार्कीले बताए।
क्यानसस सिटी मध्य अमेरीका अबस्थित तिब्रतम रूपमा विकासको गतिमा अगाडि बढेको शहर हो । यस शहरमा हाल बिभिन्न ठुला-ठुला उधोग व्यवसाय सञ्चालन, पर्यटन, खेलकुद, शैक्षिक क्षेत्र, Information Tehnology (IT), ओेषधि जन्य ब्यबसाय, कृषि/पशुपालन र सो संग सम्बन्धित व्यबसायको बिकासको दिर्घकालिन योजना सहित एकिकृत विकासको प्रयास अगाडि बढाईरहेको छ ।
यसरी बनाईएको विकास योजना र त्यसले सृजना गर्ने रोजगारी बजारको लागि आबश्यक दक्ष जनशक्ति उत्पादनको लागि समिट टेक्नोलोजि एकेडेमीले सोही अनुसारको बिषयगत कोर्स डिजाईन गरी अध्ययन अध्यापन गराउने गरेको छ ।
यस बाहेक यस एकेडेमीको अर्को महत्वपूर्ण बिशेषता भनेको बिभिन्न बिश्व विद्यालय,व्यावसायिक ईन्स्टिच्युट र स्थानीय सरकारको लगानीमा बिषयगत क्षेत्रका बिधार्थीहरूलाई निशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेको छ ।
यसैबीच कागेश्वरी मनोहरा नगरपालिका र त्यस एकेडेमी बीच सोही मोडलमा शिक्षा प्रदान गर्न थप सहकार्य गर्न प्रारम्भिक छलफल भई थप सहाकार्यको लागि समन्वय गर्ने सहमति भएको मेयर कार्कीले बताए।


