नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, ६ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्दैछ।

संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय