घरेलु मैदानमा नेपाल यमनसँग पराजित

काठमाडौं, ५ मंसिर । फिफा विश्‍वकप छनौटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग हार ब्यहोरेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा यमनले नेपाललाई २-० ले हराएको हो । यमनको जीतमा दुवै गोल वैकल्पिक खेलाडीले गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

फिफा वरियतामा नेपाल १७३औं तथा यमन १५६औं स्थानमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय