८ बर्ष पछि बाबुराम-प्रचण्डको एउटै पार्टी !
नाम नेकपा समाजवादी
काठमाडौ,५मंसिर ।१० बर्षे जनयुद्धका योजनाकार तथा मुख्य कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराई ‘लालध्वज’ ८ बर्ष्पछी संगै हुने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फेरि एउटै पार्टीमा सहकार्यका लागि पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराई तयार भएका छन् । पार्टीको नाम भने नेकपा (समाजवादी) राख्ने सहमति भएको दुबै पार्टीले स्वीकार गरेका छन् ।
सोमबार राति डा.भट्टराई निवास टोखामा नेसपाका चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न बाबुराम तयार भएपछि अब दुई पार्टी एकता नजिक पुगेका हुन् ।तर, दुई दिन अघि मात्रै डा.भट्टराई माओवादीसंग एकता नगर्ने पक्षमा थिए।
टोखा बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी रहेको र सोही बैठकले राती ११:४० बजे डा.भट्टराईकै नेतृत्वमा संयोजन समिति बनाउने निर्णय गरेको स्रोतको भनाइ छ।
माओवादीसंगको एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको तर,झन्डा र चुनाव चिन्ह भने टुंगो लागिनसकेको बुझिएको छ। २०७२ साल असोज ९ गते माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न तयार भएपछि माओवादी भित्रका केही नेताकार्यकर्ता भने खुशी भएका छन् ।
प्रचण्डसंगको बिछोडपछि बाबुरामले नयाँ शक्ति पार्टी गठन गरेका थिए। तर,त्यसमा रहेका धेरै नेता माओवादी मै फर्किएपछि भट्टराईले भने उपेन्द्र यादवसंग पार्टी एकता गरेका थिए। पछि उपेन्द्र यादवसंग अलग भएर उनले नेसपा गठन गरेका थिए।

