इलाम दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौ,५मंसिर । शैक्षिक भ्रमणबाट फर्कदै गर्दा इलाममा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ जसमा एकै घरका ३ जना परेका छन् ।

मधेस प्रदेशको धनुषा जिल्ला स्थित धनुषाधाम नगरपालिका वडा नं. ९ मुर्गीया टोलको बालबालिका सहित ३७ जना शैक्षिक भ्रमणको लागि इलाम गएका थिए।

शैक्षिक भ्रमणकै क्रममा बस इलामबाट फर्कदा बाटोदेखि लगभग ३०० मिटर तल खसेर दुर्घटना भएको थियो।

बसमा सवार एकै परिवारका ३ जना सहित ६ जनाका मृत्यु भएको पुष्टि भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय