मंसिर ७ गते करिब १० लाख मानिस काठमाडौं उतार्ने दुर्गा प्रसाईंको दाबी

काठमाडौं, ५ मंसिर । मंसिर ७ गते काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले यस अभियानमा करिब १० लाख मानिस विभिन्न जिल्लाबाट काठमाडौं आउने दाबी गरेका छन् ।
कार्यक्रमको तयारी धेरै पहिलेदेखि नै भएकाले देशैभरबाट मानिस काठमाडौं आउने र प्रदर्शनमा सहभागी हुने अभियानका एक संयोजकले जनाए ।
शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने र तोकिएको नारा मात्र प्रयोग हुने र कसैले नियोजित आक्रमण गरेमा भने प्रतिवाद गर्ने जनाइएको छ ।
गृह मन्त्रालयले भने करिब २५ हजार व्यक्ति काठमाडौं आउने प्रक्षेपण गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखेको छ ।

