दाङमा बन्द कोठाभित्र दाजुभाई मृत फेला

दाङ, ५ मंसिर । दाङको तुलसीपुरमा दुई व्यक्ति मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्।
शवबाट गन्ध आइरहेकाले केही दिनअघि मृत्यु भएको प्रहरीको अनुमान छ । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिम गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ।
पोस्टमार्टमपछि मात्र मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ ।

