
लाकेन लिम्बुले यमनसँगको खेल गुमाउने
काठमाडौं, ४ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बुले फिफा विश्वकप छनोट दोस्रो चरणअन्तर्गत मङ्गलबार हुने यमनसँगको खेल गुमाउने भएका छन् ।


बिहिबार भएको यूएईसँगको खेलमा खुट्टाको चोट बोकेपछि उनले कम्तिमा भोलिको खेल गुमाउने पक्का भएको हो । उनको एङ्कलको हड्डी भाँचिएको छ ।

नेपाली टिमले भोलि मंगलबार साँझ ७ बजे विश्वकप छनोट दोस्रो चरणअन्तर्गत वरियतामा माथि रहेको यमनसँग खेल्दै छ ।
Comments

