गौरीघाट छठ पूजामा मेयर बालेनको चर्चा

काठमाडौं,४मंसिर । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बागमती किनार स्थित गौरीघाट पुगेर मेयर छठ पूजा गरेका छन् ।
मेयर बालेन्द्रले काठमाडौंको गौरीघाटस्थित् गुह्यश्वरी मन्दिर परिसरमा पुगेर छठीमाताको पूजा आरधना गरेका हुन् । उनको स्वागतमा काठमाडौ महानगरको वडा नम्बर-८ का अध्यक्ष आशामान संगत सहित वडाका सबै पदाधिकारी र महानगरका नगरप्रहरी सहभागी थिए।

छठ पूजामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतका विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो । तर,चर्चा भने बालेन्द्र शाहको बढी थियो। बालेन्द्र पुग्दा जम्मा भएको भिड राष्ट्रपति पुग्दा थिएन।वडाका पदाधिकारी समेत राष्ट्रपतिको पूजामा सहभागी भएनन् ।

मधेशमा मात्रै सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौं लगायत पहाडी भेगमा पनि मनाउन थालिएको छ ।काठमाडौमा मात्रै १३ ठाउँमा छठ मनाइयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय