अस्ट्रेलियालाई छैंटौंपटक विश्‍वकप क्रिकेटको उपाधि

काठमाडौं, ३ मंसिर । अस्ट्रेलियाले आइसिसी क्रिकेट विश्‍वकप २०२३ को उपाधि जितेको छ । आइतबार सम्पन्‍न फाइनल खेलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैंटौंपटक विश्‍वकप क्रिकेटको उपाधि जितेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४२.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले शानदार शतकीय पारी खेले । उनी जीतका लागि २ रन बाँकी छँदा ३७ रनमा आउट भए । १२० बल खेलेका उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै मार्नस लबुशान ५८ रनमा अविजित रहे । भारतका लागि जसप्रीत बुमराहले २ विकेट लिए भने मोहम्मद सिराज र मोहम्मद शामीले १ १ विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले अस्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनायो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए । त्यस्तै विराट कोहलीले ५४ रन बनाए भने कप्तान रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रनको योगदान दिए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । जोश हेजलवूडले १० ओभरमा ६० रन दिएर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन दिएर विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन दिएर १ विकेट लिए ।

यसअघि अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ को एकदिवसीय क्रिकेट विश्‍वकप जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय