शैक्षिक भ्रमण टोली बोकेको बस इलाममा दुर्घटना

इलाम, ३ मंसिर । धनुषाबाट शैक्षिक भ्रमणका लागि इलामको कन्याम पुगेर फर्कँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी कम्तिमा ३५ जना घाइते छन् ।

धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ना ६ ख ८४२४ नम्बरको बस बेलुका साढे ५ बजे मेची राजमार्गबाट करिब तीन सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय