
कागेश्वरी मनोहरा र अमेरिकाको ह्यारिसनभिल नगर बीच भगिनि सम्बन्ध
सम्बन्धका लागि मेयर कार्की अमेरिकामाकाठमाडौ,२मंसिर ।काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका र संयुक्त राज्य अमेरिकाको ह्यारिसनभिल नगर बीच भगिनि सम्बन्ध स्थापित हुने भएको छ।


दुई नगरका मेयरबिच अमेरिकामा भएको भेटपछि यो सम्बन्धको लागी आधार तयार भएको हो। सम्बन्धका लागि हाल कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की अमेरिकामा छन् ।

अमेरिकामा मेयर कार्कीले ह्यारिसन्भिलका मेयर माइक जरिङसंग भेटेका छन् । ह्यारिसनभिलका मेयर माइककै निमन्त्रणामा कागेश्वरीका मेयर कार्की अमेरिका गएका हुन् ।
संयुक्त राज्य अमेरिकाको कन्सास शहर स्थित अत्यन्त व्यबस्थित, सुन्दर र शान्त नगर ह्यारिसनभिल नगरको अध्ययन तथा अबलोकन भ्रमणका क्रममा आफुले धेरै कुरा सिक्ने अवसर पाएको मेयर कार्कीले बताए।
यसैक्रममा त्यहाँका मेयर माइक जरिङ संगको कफि मिटिङबाट शुरू भएको भेट अत्यन्तै अविस्मरणीय रहेको भन्दै मेयर कार्कीले भने-‘ऐतिहासिक शहरको प्रमुख पर्यटकिय केन्द्र ह्यारिसनभिल स्क्वायरको अबलोकन, KCAEDC International Trading कार्य योजना सम्बन्धि् प्रस्तुति, शारिरिक रूपले फरक क्षमता भएका मानिसहरूलाई रोजगारी प्रदान गर्ने र Recycling र Reuse गर्न सकिने फोहोरको उचित ब्यबस्थापन गर्न त्याँहा सञ्चालित गैह्र नाफामुलक संस्था CASSCO , Harrisonville सामुदायिक केन्द्र , पार्क लगायतको अध्ययन भ्रमण उत्साहबर्धक तथा ज्ञानबर्धक रहयो !’
यसबीच कागेश्वरी मनोहरा नगरपालिका र ह्यारिसनभिल नगर बीच भगिनि सम्बन्ध कायम गरी परस्परमा सहयोग आदानप्रदान अगाडि बढाउने र सांस्कृतिक आदानप्रदान गर्ने बिषयमा सकारात्मफ छलफल अगाडि बढाईएको पनि कार्कीले जानकारी दिए।
मेयर माईक ज्यारिङ र नगरपालिकाको टोलिलाई उपर्युक्त समय मिलाएर नेपाल भ्रमण गर्न आफुले निम्ता दिएको र उनले नेपाल आउन आफू इच्छुक रहेको बताएको समेत कार्कीले बताए ।
Comments

