चलचित्र ‘उफ यो मन’लाई ‘युनिभर्सल’ सर्टिफिकेट


काठमाडौं, १ मंसिर । अमेरिका बोस्टन निवासी गीतकार साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको सिनेमा ‘उफ यो मन’ सेन्सर पास भएको छ ।

सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् ।

उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले सिनेमाको तारिफ गरेका छन् । ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन । चलचित्रलाई पहिले अमेरिका बाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन गरिने अनु शाह बताउँछिन् ।

अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको सिनेमालाइ निर्देशक सुरज चन्दले निर्देशन गरेका छन् भने चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरि, दिपक क्षेत्रि, पुकार गुरुङको अभिनय छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय