टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १ मंसिर । नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत अन्यले पनि सर्वोच्चमा रिट पेस गरेका हुन्।
सरकारको उक्त निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम भएको दाबी गर्दै करिब ५-६ वटा रिट पेश गरिएको छ ।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव र पारिवारिक एकता बिथोलेको भन्दै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

