हाँसीहाँसी भट्टराई दिदीबहिनीले लगाए तिहारको टीका !

प्रतीक भट्ट

काठमाडौ,२९कार्तिक।यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार देशभर ‘भाइटीका’ लगाइयो।तर,नाम भाइटीका भनिएपनी धेरै ठाउँमा दिदिबहिनीले पनि एक आपसमा टीका र माला लगाएर तिहार मनाएका छन् ।

यस्तै मध्यका काठमाडौको शंखरापुर नगरपालिका-६ साँखुका तीन दिदीबहिनी मनुसा,निशा र एलिशा भट्टराईको तिहारको टीकाले भने पारिवारिक सद्भाव,समाज परिवर्तनका लागि सकारात्मक शन्देस र नयाँ युगको प्रतिनिधित्व गरेको छ। गत बर्ष २ दिदिबहिनी मात्रै टीका लगाएका उनीहरुले यसपटक बिदेशमा रहेकी जेठी दिदि समेतलाई साथमा राखेर तीन दिदीबहिनीले तिहार मनाउन पाएकामा खुसी व्यक्त गरे।

तिहारको टीकाको साइत १०:५१ बजे नै दिदिबहिनी मिलेर एकआपसमा टीका लगाएपछि उनीहरुले सामुहिक तस्वीर समेत खिचाए। यसपटक दुई बहिनीको हातबाट टीका लगाउन पाएकोमा फिनल्यान्डबाट आएर तिहार मनाउदै गरेकी जेठी मनुसा भट्टराईले खुशी व्यक्त गरिन् भने दिदिको उपस्थितिले आफुहरुमा उत्साह र पर्वको उल्लास थपिएको बहिनी निशा र एलिशा भट्टराईले बताए ।

बुबा आमाको तीन सन्तान मनुसा, निशा र एलिशाले यसरी तिहारको टीका लगाउन थालेको ५ बर्ष भयो।‘हामी तीन दिदीबहिनीको तिहार सधैं यस्तै रमाइलो र उल्लासपुर्ण हुने गरेको छ’-टीका लगाएपछि बहिनी निशाले परेवान्युजसंग भनिन्-‘यसरी तिहार मनाउन पाउँदा बुबा आमा समेत हामी पनि खुसी छौं।हामीले प्रत्येक वर्ष यसरी नै भाइटीका मनाउँदै आएका छौं।’

तिहारको टीकालाई भाइटीका मात्रै भनेर परिभाषित गरिन्छ,तर यो सत्य होइन । कहिलेकाँही भाइटीका मात्रै भनेर दाइटीका वा दाजुभाइ-दिदिबहिनी टीका किन भनिदैन ? यो प्रश्न पनि कतै-कतै उठ्ने गरेको छ ।

एउटै धर्म संस्कृतिभित्र अनि एकैदिन मनाइने पर्वलाई दाइ-भाइको पर्व मात्रै हो,दिदीबहिनीको पर्व होइन भनेर एकपक्षीय ब्याख्या र आफू अनुकुल विश्लेषण गर्ने कुरालाई यी दिदीबहिनीको कार्यले दरिलो जवाफ दिएको छ। हिन्दु संस्कार अनुसार दसैंमा मान्यजनको हातबाट टीका थाप्‍ने र आशीर्वाद लिने चलन छ ।त्यसैगरी तिहार चाहिँ दाजुभाइ दिदिबहिनी मिलेर संयुक्त रुपमा मनाउने पर्व हो । यसमा दाजुभाइ नहुने दिदीबहिनीले मात्रै मनाउन नहुने वा दिदिबहिनी नहुने दाजुभाइले मात्रै पनि मनाउन नहुने भन्ने कुरा कहिँ कतै उल्लेख छैन। यसमा दिदिबहिनीले मात्रै पर्व मनाउन नहुने वा टीका लगाउन दाजुभाइ नै हुनुपर्छ भन्ने कुनै ग्रन्थमा उल्लेख छैन ।

दाजुभाइ हुनेले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर र दाजुभाइ नहुनेले दिदिबहिनी बिचमा टीका र माला साटासाट गरेर पनि यो पर्व मनाउन सकिन्छ ।

यही मान्यतालाई आत्मसात गर्दै साँखुका तीन दिदिबहिनीले बुधबार भाइटीकाको साइत मै टीका र माला साटासाट गरी तिहार मनाए । तीन दिदीबहिनीको यो अनुकरणीय कार्यको सबैले प्रशंशा गरेका छन् ।दिदिबहिनीको यो मायाप्रेम देखेर उनका अभिभावक र आफन्त पनि खुशी देखिन्छन् ।’छोरीहरूको एकअर्का प्रतिको माया प्रेम र स्नेह देेेेखेर हामी खुशी छौं’-नेपाली कांग्रेस बागमती प्रदेेश सदस्य समेत रहेकी भट्टराई दिदिबहिनीकि सानीआमा नानु दाहाल भन्छिन-‘समाजमा छोरा नै चाहिन्छ भन्ने पुरातनवादी सोच र दाजुभाइ नहुदा चाडपर्व खल्लो भयो भन्नेहरुका लागि यो उदाहरणीय कार्य हो।’

नेपाली समाज र ज्योतिष शास्त्र अनुसार दिदीबहिनीले सबै विधि र प्रक्रिया पुर्‍याएर एक आपसमा टीका र माला लगाएर खुसीसँगै उपहार साटेको यो दृश्यले दाजुभाइ नहुने दिदिबहिनीको लागि पनि तिहारको टीका हुनसक्छ भन्ने सकारात्मक सन्देश दिएको छ ।

नेपाली समाजमा छोरा नै चाहिन्छ भन्ने अन्धविश्वास र ढाेंगी मानसिकता विपरित मनुसा,निशा र एलिशाको यो टीकाले समाज रुपान्तरणमा समेत महत्त्वपूर्ण भुमिका खेल्न सक्ने जानकारहरु बताउँछन् ।

हरेक कुरामा छोरा भन्ने हाम्रो समाजले अब तिहारमा भाइटीका सङ्गै दिदिबहिनीको बीचमा पनि ‘तिहार दिदिबहिनी टीका’ हुनसक्छ भन्ने मान्यतालाई स्थापित गर्न आवश्यक भएको निशाको भनाइ छ । ‘हामीले दिदिबहिनी बिचमा टीका लगाउने कुरा नयाँ नहोला तर, भाइटिका भनेर स्थापित एउटा मान्यतालाई चुनौती दिन भाइटीका कै साइतमा त्यही विधि र प्रक्रिया अनुसार दिदिबहिनी टीका सुरु गर्नु चुनौतीसँगै सकारात्मक सन्देश पनि हो’, तीन दिदिबहिनीले एकै स्वरमा भने। ‘अब सधैं हामी दिदिबहिनी बिच तिहारको टीका साटासाट हुन्छ’, कान्छी बहिनी एलिशा भन्छिन् – ‘समाज रुपान्तरण गर्नुछ भने पहिले आफुबाटै सुरु गरौं भनेर हामी दिदिबहिनीले यो कार्य सुरु गरेका हौं,हाम्रो यो कामलाई अभिभावक र आफन्तले झन हौसला थपिदिनुभएको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय