पुर्व प्रधानमन्त्री डा.भट्टराईले लगाए दिदीबहिनीको हातबाट भाइटीका

काठमाडौ,२९कार्तिक। पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले दिदिबहिनीको हातबाट तिहारको भाइटीका लगाएका छन् ।
भट्टराई निवास टोखामा डा.भट्टराई र उनका भाइ शिव भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका हुन् ।

डा.भट्टराईले हरेक बर्ष दसैंमा बुबा भोजप्रसाद भट्टराईको हातबाट बिजया दशमीको टीका र तिहारमा दिदीबहिनीको हातबाट भाइटीका लगाउदै आएका छन् ।

