पोखराको विरौटामा खुर्पा प्रहार गरी छोराले लिए बुबाको ज्यान

काठमाडौं, २९ कात्तिक । पोखरामा एक युवाले आफ्नै बुवाको खुर्पा प्रहार गरी हत्या गरेका छन् । मंगलबार राति पोखरा महानगरपालिका -१७ बिरौटा स्थित गोधुली संसार पथ निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई २२ वर्षीय छोरा रविन क्षेत्रीले खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरा रविन क्षेत्रीले मध्यराति अन्दाजी १२:१० बजेको समयमा बुवामाथि खुर्पा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए।

घटनाको सूचना पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट पुगेको प्रहरीको टोलीले घाइते बुवालाई तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल पठाएपनि उपचारकै क्रममा बुधबार बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

खुर्पा प्रहार गरी फरार भएका छोराको खोजी कार्यमा जुटेको प्रहरीको टोलीले उनको हुलिया सहितको फोटो आसपासका जिल्लामा समेत खोजतलासका लागि पठाएकोमा आज बिहान अन्दाजी ४:०५ बजेको समयमा पाल्पा स्थित प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिन सफल भएको हो।

हाल उनीमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय