महिला क्रिकेट टोली तान्जानियासँग पराजित

काठमाडौं, २९ कात्तिक । हङकङमा सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टी२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो ।

तान्जनियाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा समेटियो । सीता रानामगरले सर्वाधिक ४३ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिलेब्याटिङको गरेको तान्जनियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय