धनुषामा रेलले किच्दा एकको ज्यान गयो

काठमाडौं, २८ कात्तिक । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेसन नजिकै रेलले किच्दा अन्दाजी ५० वर्षीय पुरुषको लिकमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय