नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु 

काठमाडौ,२६कार्तिक ।पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।

देवचुली नगरपालिका गोरे घुम्ति भन्ने ठाउँमा आइतबार लु १ ज ३२७० नम्बरको जीप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

अहिलेसम्म मृतक कसैको पनि सनाखत नभएको नवलपरासी पूर्वका एसपी देवबहादुर पौडेलले जानकारी दिए।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष छन्। नवलपरासकै वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको पौडेललेब बताए।

ब्रेक फेल भएर जिप दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।तस्वीर :रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय