जसले ‘मृत्यु’ नामको गीत ल्याए दुर्घटनामा उनैको मृत्यु भयो !

काठमाडौ,२५कार्तिक । कलाकार समेत रहेका धादिङ ज्वालामुखी-२ का एक युवाको काठमाडौंको स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
केही समय अगाडी मृत्यु नामक गीत सार्बजनिक गरेका ज्वालामुखी-२ का २५ बर्षीय सुजन तामाङ काठमाडौ महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा दुर्घटनामा परेका थिए।
प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले तामाङ सवार बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वम्भुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) पुर्णिमा चन्दले जानकारी दिए ।
मोटरसाइकलमा २ जना सवार थिए । धादिङका विक्रम तामाङले मोटरसाइकल चलाएका थिए भने त्यसको पछाडी सुजन तामाङ बसेका थिए । परिवारका अनुसार केही समय अगाडी मात्रै ‘मृत्यु’ बोलको गित निकालेका सुजन कलाकारितामा रुचि राख्थे ।
मोटरसाइकल चालक विक्रम भने ट्रमा सेन्टरमा उपचाररत छन् । घाइते विक्रम सशस्त्र प्रहरी बलका जवान हुन् ।

