फेरि आयो शाहरुख खानलाई मार्ने धम्की !

मुम्बई । बलिउडका स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गरेको छ। यसअघि पनि शाहरुखलाई ज्यानमार्ने धम्की आइरहन्थ्यो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले उनलाई ज्यान मार्ने धम्की दिएको हो। उनको नयाँ फिल्म डङ्गी प्रदर्शनको तयारीमा छ। चलचित्र प्रदर्शन अगावै शाहरुखको ज्यान लिने गरि आक्रमणकारीले तयारी गरेको मुम्बई प्रहरीलाई सूचना प्राप्त भएको भनिको छ।

केही मिडिया रिपोर्टहरूमा खान आफैले यसबारे उजुरी गरेका थिए, त्यसपछि उनको सुरक्षा बढाउने निर्णय गरिएको उल्लेख छ । वाई प्लस सुरक्षामा ६ जना व्यक्तिगत सुरक्षा अफिसरका साथै ५ प्रहरी हतियारसहित २४ घण्टा खानको साथ रहनेछन् । अहिलेसम्म खानको सुरक्षामा मुम्बई प्रहरीका दुई कन्सटेबल हरेक समय उनको साथमा रहन्थे ।

सन् २०२३ को सुरुवातमा खानमाथि पठानमा भगवान रंगको अपमान गरेको आरोप लागेको थियो । अयोध्याका सन्त जगतगुरु परमहंस आचार्यले त उनलाई जिउँदै जलाउने धम्की दिएका थिए ।

गत २६ अगस्तमा खानले गेमिङ ऐपको विज्ञापन गरेको विरोधमा एक समूह उनको घर बाहिर विरोध प्रदर्शन गर्न पुगेको थियो । सन् २०१४ मा उनलाई ग्याङस्टर रवि पुजारीले ज्यान मार्ने धम्की दिएका थिए । त्यस्तै, सन् २०१० मा माई नेम इज खान चलचित्रका दौरान पनि उनलाई कयौँ धम्की आएको थियो ।

यसअघि लरेन्स विस्नोईको गिरोहले धम्की दिएपछि सलमान खानलाई वाई प्लस सेक्युरिटी दिइएको थियो । यसबाहेक आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरलाई एक्स सुरक्षा पाउँछन् । यसमा उनीहरूलाई ३ जना व्यक्तिगत सुरक्षाकर्मी प्रदान गरिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय