मुगु घटनाको रहस्य खुल्यो ! पैसाको लागि आफ्नैले हत्या गरे

काठमाडौ,२४कार्तिक।कर्णाली प्रदेशको मगु जिल्ला स्थित छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको बुझिएको छ। यस बिषयमा प्रहरी स्रोतले अझै धेरै कुरा खुलाएको छैन। अझै केही बुझ्न बाकी रहेको प्रहरीको भनाइ छ।
घटनाको अनुसन्धान गर्न गएको सिआइबीको टोली अहिले सम्म घटनास्थलमै रहेकाे र २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिइने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी भीम ढकालले जानकारी दिए।
गत कात्तिक ८ गते रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो। २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सरा रहेका छन्।

