माओवादी नेता बर्तौलालाई खुकुरी प्रहार गर्ने आक्रमणकारी जुत्ता छाडेर चप्पल लगाएर भागे !

काठमाडौं,२३कार्तिक। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका सह-अध्यक्ष जनक वर्तौलामाथि खुकुरी प्रहार गरेपछि आक्रमणकारीले आफुले लगाएको जुत्ता छाडेर चप्पल लगाएर भागेको बुझिएको छ।

कुनैबेला आफ्नै पार्टीका बरिस्ठ नेता डा.बाबुराम भट्टराई माथी समेत जाइलाग्ने बर्तौलालाई बुधबार खुकुरी बोकेर आएका एक युवाले बानेश्वरमा आक्रमण गरेका थिए। आक्रमणपछि ती युवा हिँड्दै बुद्धनगर सम्म पुगेको पनि प्रहरीले सुराक फेला पारेको छ ।

बुधबार साँझ काठमाडौंको पुरानो बानेश्वरतर्फ हिँडिरहेका बर्तौलाको पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको थियो। आक्रमणबाट घाइते भएका वर्तौलाको हाल थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमण किन गरिएको भन्ने बारे प्रहरीले तथ्य बुझ्न बाकी रहेको तर आरोपीको खोजी भने तीब्र पारेको जनाएको छ । सो घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले घटनास्थलदेखि आरोपी भागेर बुद्धनगर सम्म पुगेको रुट पत्ता लगाएको छ ।

यसैगरी अनुसन्धान अनुसार मंगोलियन अनुहार भएका युवाले बर्तौलामाथी खुकुरी प्रहार गरेको र आक्रमणकारीले तुरुन्तै आफ्नो हुलिया परिवर्तन गरेर भागेको खुलेको छ । बर्तौलालाई खुकुरी प्रहार गरेपछि ति युवा थापागाँउ ओरालोहुँदै धोवीखोला करिडोरको बाटो बुद्धनगर पुगेको देखिएको छ ।

कालो ट्राउजर, खैरो हुडी र कालो मास्क लगाएर आक्रमण गरेका आक्रमणकारीले तुरुन्तै निलो ज्याकेट र चप्पल लगाएर फर्किएको देखिएको छ । आक्रमणपछि दुई वटा खुकुरी, झोला र जुत्ता थापागाउँ  छोडेर ती युवा हिँड्दै भागेको बुझिएको छ। अनुसन्धानबाट ती युवाले आठ नम्बरको जुत्ता लगाउने गरेको खुलेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय