युट्युबर मनोज मानव पक्राउ,हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं,२३ कार्तिक । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय उनले संचालन गरेको युट्युब अनलाइनले विभिन्न ब्यक्तिलाई लक्षित गरि सामाग्री प्रशारण गर्दै आएको थियो।

आजै उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।सिराहाको लाहान नगरपालिका घर भएका मनोजलाई बुधबार राती काठमाडौबाट पक्राउ गरिएको थियो।

विभिन्न व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने गतिविधि गरेको आरोपमा पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

युटुवर मनोजले सामाजिक सञ्जाल टीकटक र फेसबुकमा आफ्नो तस्विर तथा श्रब्य दृष्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्रकाशरण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो । मनोजको नागरिकतामाथि समेत प्रश्न उठेको बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय