कथित ठुलाबडालाई भुकम्प पीडितको आँसुले नपोलोस् -डा.भट्टराई

काठमाडौ,२२ कार्तिक। पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले खुला आकाशमुनि बसेका भुकम्प पीडितलाई तत्काल राहत दिन आग्रह गरेका छन् ।

उनले कथित ठुलाबडाले हेलिकप्टरको धुलो उडाउनु सट्टा राज्यले एकद्वार नीति मार्फत पीडितलाई राहत दिनुपर्ने अन्यथा पीडितको आँसुले पोल्ने समेत भनेका छन् ।

भुकम्प पीडितले अझै चिसोमा खुला आकाशमुनी रात काट्नुपरेको भन्दै डा.भट्टराईले भनेका छन्-‘जाजरकोट भूकम्पको चौथो दिनसम्म पनि पीडितहरूलाई पर्याप्त राहत सामाग्री नपुग्नु र यो बढ्दो चिसोमा खुला आकाशमुनि रात विताउन पर्नु अत्यन्त दुःखद छ।’

उनले अगाडी भनेका छन्-‘कथित ठुलावडाहरूले हेलिकोप्टरको धुलो उडाउनु सट्टा राज्यले एकद्वार नीति अन्तर्गत योजनाहद्ध ढंगले स्थानीय तह र स्वयम्सेवकहरूलाई परिचालन गरेर युद्दस्तरमा पाल लगायतका राहत सामाग्री किन वितरण गरिरहेको छैन?पीडितहरूको आसुले नपोलोस् !’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय