फाइनलमा टस जितेर नेपालको ब्याटिङ, दीपेन्द्र बेन्चमा

काठमाडौं, १८ कात्तिक । आइसिसी टी-२० विश्‍वकप छनौट एसिया फाइनल्सको उपाधिका लागि आज नेपाल र ओमान खेल्दै छन् ।

केहीबेरमा सुरु हुने फाइनल खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेको छ ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीलाई आराम दिइएको छ । दीपेन्द्रको ठाउँमा सन्दीप जोरालाई फेरि ल्याइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय