डोटीमा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गयो, पाँच घाइते

जिप दुर्घटनाको फाइल तस्विर

डोटी, १९ कात्तिक । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

गएराति साढे दुई बजे डोटीको शिखर नगरपालिका- ६ अन्यौलस्थित केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो सडकबाट झण्डै ६० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका- ५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रारर्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।

दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका ५ कै ३० वर्षीय प्रकाश बुढा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल, २१ वर्षीय राजबहादुर मलाल घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये बिमला मलालको अवस्था गम्भीर छ। घाइते सबैको शैलेश्वरी अस्पताल दिपायलमामा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले बोलेरो र चालक बाजुराको गौमुल गाउँपालिका- ४ का २१ वर्षीय महेश बुढालाई पक्राउ गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...