भुकम्प प्रभावितको उद्दारमा खटिएका जहाज र हेलीको इन्धन खर्च आयल निगमले व्यहोर्ने

काठमाडौं, १८ कात्तिक । भूकम्प प्रभावितको उद्दारमा परिचालन हुने हवाइजहाज र हेलिकप्टरको इन्धन खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च व्यहोर्ने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय