जाजरकोट भूकम्प अपडेट: १५७ को ज्यान गयो, १६१ घाइते

काठमाडौं, १८ कात्तिक । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्र भएर गएको भूकम्पमा धेरै भौतिक तथा मानवीय क्षति भएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते छन् ।

मध्यराति जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर गएको भूकम्पमा परी जाजरकोटमा १०५ तथा रुकुम पश्‍चिममा ५२ जनाको ज्यान गएको छ । त्यस्तै यी दुई जिल्लासहित दैलेख र जुम्लामा समेत गरी १६१ जना घाइते भएका छन् ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर राति ११ बजेर ४९ मिनेटमा ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो । भूकम्पको शक्तिशाली धक्का काठमाडौंं लगायत देशका विभिन्‍न स्थानमा महसुस गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान आफैं भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका थिए । उद्दारमा निरन्तर खटिन निर्देशा दिँदै उनले राहत र पुनर्स्थापनाको काम पनि चाँडै सुरु गरिने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय