पूर्वप्रधानमन्त्री ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौं,१८कार्तिक ।गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ ।

काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।

मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गरेका थिए।
सो क्रममा पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गरे। उनले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव समेत सुनाए ।

प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान् सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहेकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताए।

कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले श्रीमान् सूर्य चन्द र अनु शाहको जोडिको प्रशंसा गर्दै सूर्यले अनुकरणीय कार्य गरेको बताए। सो अवसरमा मिलापको कभरमा आउने व्यक्तित्वलाई कभर सम्मान पनि अर्पण गरिएको थियो । पूर्वप्रधानमन्त्री ओली, साहित्यकार वसन्त श्रेष्ठ, अनु शाह र सङ्गीतकार दीपक शर्मालाई कभर सम्मान प्रदान गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय