नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट ५०% रकम राहतमा दिइने

काठमाडौं, १८ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट उठ्ने रकममध्येको आधा रकम भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । क्यानका सचिव पारस खड्काले भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य राखेको बताएका छन् ।
फाइनल खेलका लागि टिकट मूल्य ३५० रुपैयाँ तोकिएको छ ।

