काँग्रेसले भूकम्प पीडितको उद्दारका लागि ५० लाख दिने

काठमाडौं १८ कात्तिक । नेपाली काँग्रेसले जाजरकोट भूकम्पमा परेकाहरुको उद्दार, राहत तथा पुनर्स्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
यस विपतको समयमा सबैजना एकजुट भएर यसको सामना गर्न काँग्रेसले अपिल गर्दै राहतका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
जाजरकोट भसूकम्पमा परी हालसम्म कम्तिमा १५० जनाको ज्यान गइसकेको छ ।

