एमालेले छाड्यो कोशी सरकार

काठमाडौं, १८ कात्तिक । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान पदबाट राजीनामा दिएका छन्।

शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री थप भएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएको हो। शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई भेटेर मन्त्री रानाले राजीनामा बुझाए।

कोशीमा कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेपछि असन्तुष्ट कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...