भूकम्प प्रभावित क्षेत्रलाई केन्द्रीत गरी हवाई उडान गर्न सरकारको निर्देशन

काठमाडौं, १८ कात्तिक । सरकारले नेपाल वायुसेवा निगमलाई भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित रहेर हवाई उडान गर्न निर्देशन दिएको छ ।

जाजरकोटमा विमानस्थल सञ्चालनमा नरहेकाले भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय