वृत्या अरविन्दको अर्धशतकमा युएईद्वारा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं, १७ कात्तिक । आइसिसी टी२० विश्वकप छनौट अन्तर्गत शुक्रबार भइरहेको निर्णायक सेमिफाइनलमा नेपाल र युएई खेलिरहेका छन् ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई १३५ रनको मध्यम लक्ष्य दिएको छ । युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।
युएईका लागि वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मोहम्मद वासिमले २६ रन बनाए । अलिशान सराफुले १६ रन बनाए ।
नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनसहित १४ रन दिएर २ विकेट लिए ।

