नेपाल र युएईको खेलमा टिकट संख्या ३५०० मात्र सीमित, सकभर घरमै बसेर हेर्न अनुरोध

काठमाडौं, १६ कात्तिक । शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको टी२० विश्वकप एसिया छनौटको सेमिफाइनल खेलमा टिकट संख्या ३५०० वटा मात्र सीमित राखिएको छ ।
मुलपानी मैदानको दर्शक क्षमता कम भएकाले टिकट संख्या पनि कम भएको हो । टिकट पनि आइएमी पे बाट मात्र काट्न सकिने छ । साथै भिआइपी तथा भिभिआइपी लगायतका प्रवेश पास पनि अब वितरण नहुने क्यानले जनाएको छ ।
क्यानले सकभर नेपालको खेल घरमै बसेर हेरी समर्थन गर्न अनुरोध गरेको छ । क्यानले एक सूचना जारी गरी सम्पूर्ण दर्शक तथा अतिथिहरुलाई घरमै बसेर हेर्न अनुरोध गरेको छ ।

