ओमानसँग टस जितेर नेपालको बलिङ

काठमाडौं, १६ कात्तिक । आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्स अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दै छ ।
टियु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।
नेपालले मलेसियासँग खेलाएकै टोलीलाई निरन्तरता दिएको छ । आजको खेल जितेमा नेपाल समूहविजेता बन्ने छ ।

