रिगल कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुँदै

काठमाडौं, १६ कात्तिक । राष्ट्रपतिबाट कैद मिनाहा पाएका योगराज ढकाल ‘रिगल’विरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले दुवै तर्फको बहस सुनिसकेपछि बिहीबार निर्णय सुनाउने दिन तोकिएको हो।
मंगलबार र बुधबार निरन्तर सुनुवाइ गरी पूर्ण इजलासले निर्णय दिन लागेको हो । मंगलबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो।

