वडा सचीव गौतमलाई पितृशोक,अध्यक्ष लामाले दिए समवेदना

काठमाडौ,१५कार्तिक ।काठमाडौ महानगरपालिका वडा नम्बर-६ का वडा सचीव कमल गौतमलाई पितृशोक परेको छ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका सिंदुरेटोल निवासी उनका बुबा भोजराज गौतमको ९२ बर्षको उमेरमा कार्तिक ११ गते निधन भएको थियो। स्वर्गीय भोजराज गौतमको श्रीमती बालकुमारी गौतम र तीन छोरा कमल,शम्भु र सरोज गौतम छन् ।
यसैबीच कामपा-६ का वडा अध्यक्ष भुवन लामा सहित वडाका सदस्यहरुले आज सचीव कमल गौतम र उनको परिवारलाई भेटी मृतकप्रती श्रद्धाञ्जली र परिवारलाई समवेदना पत्र हस्तान्तरण गरेका छन् ।
सो क्रममा अध्यक्ष लामाले वडाको तर्फबाट गौतम परिवारलाई समवेदना पत्र दिदै मृत आत्माको चिरशान्तीको कामना गरे। श्रद्धाञ्जली दिन वडाका सम्पुर्ण पदाधिकारी र कर्मचारी सहित वडा नम्बर ६ का स्थानीयहरु समेत गएका थिए।



