माओवादी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य कपिलवस्तुकी उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।

पूर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा विश्वकर्मालाई टीका लगाई एमालेमा स्वागत गरेका हुन् ।

सहिद परिवारको सदस्य समेत रहेकी विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् ।

एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई गम्भीर धक्का लागेको विश्लेषण गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...