नेपाल आइडल विजेता गायिका सज्जाले गरिन् जुगल हिमाल आरोहण

काठमाडौं, १५ कात्तिक । नेपाल आइडल सिजन ३ की विजेता गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन्।
उनले ‘कलामा महिला सहभागिता’को सन्देशसहित जुगल हिमालको चुचुरोमा पाइला राखेकी हुन्। चुचुरोमा पुगेर उनले ‘कलामा महिला’ नारा लेखिएको ब्यानर पनि फहराएकी छन्।
हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।

