आज पारिलो घाम नलाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १५ कात्तिक । आज देशका अधिकांश स्थानमा विहानैदेखि मौसममा बदली भएको छ ।
मौसमविदका अनुसार नेपाली आकाशमा मध्यरातदेखि बादलको एक पत्र आएर बसेकाले पारिलो घाम लागेको छैन ।
कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । काठमाडौं लगायत अन्य स्थानमा भने वर्षाको सम्भावना छैन ।
आज पारिलो घाम लाग्ने सम्भावना भने कम नै रहेको जनाइएको छ ।

