चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता

चितवन, १५ कात्तिक । जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार भरतपुर महानगरपालिका–१२ का एक युवालाई आमाको नामबाट नागरिकता दिएको हो ।

उक्त युवाकी आमाले बुबाको बारेमा हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको जनाइएको छ । नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

परिमार्जित ऐनअनुसार नागरिकता लिने ती युवा जिल्लामा पहिलो व्यक्ति हुन् । छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको ती महिलाले बताइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय